९ जेष्ठ २०८१, बुधबार

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

काठमाडौँ, असोज २३ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २०५९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १००६७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३२७९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ११ लाख ४५ हजार २३७ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २७०५३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १११७६ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १५८७७ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४७०३ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १११६ जना, ललितपुर जिल्लाका १६३ जना र भक्तपुर जिल्लाका १३० जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १६८० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ७३०२३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को उदयपुरमा १, खोटाङमा ३, झापामा ८, धनकुटामा २, भोजपुरमा १, मोरङमा ८६, संखुवासभामा १ र सुनसरीमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २

प्रदेश २ को धनुषामा ३, पर्सामा १५, बारामा ११, महोत्तरीमा १७, रौतहटमा ९, सप्तरीमा १, सर्लाहीमा ७ र सिरहामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा १११६ जना, काभ्रेपलान्चोकमा ४०, चितवनमा ५१, दोलखामा ३, धादिङमा ७, नुवाकोटमा ४, भक्तपुरमा १३०, मकवानपुरमा ६९, रामेछापमा १९, ललितपुरमा १६३, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा १२, तनहुँमा ८, नवलपरासी पूर्वमा २५, पर्वतमा ३, लमजुङमा ३, बागलुङमा २ र स्याङजामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश ५

प्रदेश ५ को अर्घाखाँचीका ३, कपिलवस्तुका १, गुल्मीका ५, दाङका ६५, पाल्पाका २, प्युठानमा ३, बर्दियाका ९, बाँकेका ४५, रुकुम पूर्वका २, रोल्पाका २ र रुपन्देहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कालिकोटमा ५, दैलेखमा ८, रुकुम पश्चिममा १, सल्यानमा ३ र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा २, डोटीमा १ र बैतडीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !