८ मंसिर २०८१, शनिबार

प्रधानमन्त्रीका ३ जना सल्लाहकारहरु र प्रमुख स्वकीय सचिवमा कोरोना पुष्टि


प्रधानमन्त्रीका ३ जना सल्लाहकारहरु र प्रमुख स्वकीय सचिवमा कोरोना पुष्टि

काठमाडौं, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका ४ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण देखिएको छ ।

थापा, रिमाल र भट्टराईले आफूहरुलाई कोरोना पुष्टि भएको शनिबार सामाजिक संजालमार्फत जानकारी गराएका हुन् । यसअघि केही दिन पहिला प्रधानमन्त्रीका नीजि चिकित्सक डा. दिव्यासिंह शाहलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रधानमन्त्री निवासमा खटिएका दर्जनबढी सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण देखिएपछि उनीहरू कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । उनीहरुको हिजो शुक्रबार स्वाब गरिएको थियो भने आज रिपोर्ट पोजेटिभ आएको हो । सवारी चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । केही चालकहरुमा पनि संक्रमण देखिएको छ ।

यो पटक प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । सचिवालयका ४ जनालाई देखिएपछि अब उनको पनि परीक्षण हुने बताइएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार स्वाब संकलन गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री निवासमा खटिएका दर्जन बढी सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री,प्रमुख स्वकिय सचिव इन्द्र भण्डारी, विकास विज्ञ गजेन्द्र थपलिया, प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । प्रधानमन्त्री बाहेक उनीहरूको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्ने सल्लाहकारहरू र प्रमुख स्वकीय सचीवलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री ओलीमा के होला ? भन्ने उनको स्वास्थ्यबारे चासो र चिन्ता आम जनमानसमा बढेको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालमा पनि कोरोना पुष्टि, प्रधानमन्त्रीमा के होला ?

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईमा पनि कोरोना पुष्टि

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारमा कोरोना पुष्टि, प्रधानमन्त्रीमा के होला ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !