२० बैशाख २०८१, बिहिबार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवालीमा कोरोना संक्रमण पुष्टि


सुशील ज्ञवाली

काठमाडौँ, असोज १५ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको लक्षण देखिएपछि बीर अस्पतालमा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

प्राधिकरण स्रोतका अनुसार गत सोमबार असोज १२ गते उनको रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसन बसेका छन् । कन्ट्याक ट्रेसिंग गर्ने क्रममा ज्ञवालीको परिवारका अन्य सदस्यहरुको पनि स्वाब परीक्षण गरिएकोमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !