१४ बैशाख २०८१, शुक्रबार

प्रधानसेनापति थापाको पिसिआर परीक्षणको नतिजा नेगेटिभ


पूर्णचन्द्र थापा

काठमाडौँ १४ असोज । प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर परीक्षणको नतिजा नगेटिभ आएको छ । प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि आइतबारदेखि उहाँ सेल्फ क्वारेन्टाइनमा बस्नुभएको थियो ।

स्वास्थ्य सजगता अपनाउँंदै क्वारेन्टाइनमा बस्नुभएका प्रधानसेनापतिको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !