२२ बैशाख २०८१, शनिबार

भरतपुरका ६ जनासहित चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, असोज १३ । चितवन जिल्लामा थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ६ सहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा असोज १३ गते १६३ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा १२ वटा नमुनाको नतिजा पोजेटिभ र १५१ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा चितवनका मात्र १२ जना रहेका छन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ६ जना, राप्ती नगरपालिकाका १ जना, खैरहनी नगरपालिकाका ४ जना र कालिका नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !