काठमाडौँ, असोज ११ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १५७३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३३९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०१२३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ९ लाख ८८ हजार ३२७ पीसीआर परीक्षण गरिसकिएको छ ।
सक्रिय संक्रमितको संख्या १९०१९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ८३२१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १०६९८ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६२८१ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा आज ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६३३ जना, ललितपुर जिल्लाका १०४ जना र भक्तपुर जिल्लाका ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ८८५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५३८९८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको पुष्टि भएको छ ।
प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण
प्रदेश १
प्रदेश १ को झापामा ३, भोजपुरमा १, मोरङमा १ सय ५२ र सुनसरीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश २
प्रदेश २ को धुनषामा १, पर्सामा १७, बारामा २०, महोत्तरीमा ३, रौतहटमा १६, सप्तरीमा ८, सर्लाहीमा १ र सिरहामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।
बागमती प्रदेश
बागमती प्रदेशको काठमाडौंमा ६३३, चितवनमा ८३, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ७२, मकवानपुरमा १, रसुवामा १, रामेछापमा १, ललितपुरमा १ सय ४ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा ८, लमजुङमा २०, बाग्लुङमा ३२ र स्याङजामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश ५
प्रदेश ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ३०, नलवपरासीमा १, प्युठानमा २, बर्दियामा ३३, बाँकेमा ३३, रुपन्देहीमा ४७ र रोल्पामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशको दैलेखमा ४, सल्यानमा १२ र सुर्खेतमा ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा १३, डोटीमा १, बझाङमा २४ र बैतडीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्
आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?