७ बैशाख २०८१, शुक्रबार

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


काठमाडौँ, असोज १० । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १२०७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१८२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १००१९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ९ लाख ७८ हजार २०४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १८३४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ७८३३ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १०५०८ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६३३१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ५८३ जना, ललितपुर जिल्लाका ७८ जना र भक्तपुर जिल्लाका ६३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ११४७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५३०१३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को उदयपुरमा १ जना, झापामा ७ जना, मोरङमा ७८ जना, सुनसरीमा २३ जना र सोलुखुम्बुमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा ४ जना, पर्सामा २४ जना, बारामा ४ जना, महोत्तरीमा १ जना, रौतहटमा ६ जना, सप्तरीमा ११ जना, सर्लाहीमा ४ जना र सिरहामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा ५८३ जना, काभ्रेपलान्चोकमा १७ जना, चितवनमा १२ जना, दोलखामा १ जना, धादिङमा ७ जना, नुवाकोटमा २ जना, भक्तपुरमा ६३ जना, मकवानपुरमा १७ जना, रामेछापमा ७ जना, ललितपुरमा ७८ जना, सिन्धुपाल्चोकमा ४ जना र सिन्धुलीमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा १० जना, गोरखामा ३ जना, तनहुँमा ४ जना, नवलपरासी पूर्वमा १ जना, लमजुङमा १ जना, बाग्लुङमा १ जना र स्याङजामा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश ५

प्रदेश ५ को अर्घाखाँचीमा २ जना, कपिलवस्तुमा ३ जना, गुल्मीमा ५ जना, दाङमा २८ जना, नलवपरासीमा १० जना, पाल्पामा ३ जना, प्युठानमा ५ जना, बर्दियामा ७ जना, बाँकेमा ३० जना, रुपन्देहीमा ७३ जना र रोल्पामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको सल्यानमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा १३ जना, कञ्चनपुरमा १ जना, डोटीमा १५ जना, दार्चुलामा ५ जना, बझाङमा २ जना र बैतडीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

यो पनि पढ्नुहोस्

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !