१४ बैशाख २०८१, शुक्रबार

आज २६० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत


आइसियु र भेन्टिलेटर

काठमाडौं, असोज ६ । देशभर आज देशभर २६० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ३७ जना भेन्टिलेटरमा र २२३ जना कोरोना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका कोरोना संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३३ जना आइसियु र ३२ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार प्रदेश ५ मा ३८ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ११ जना आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । साथै प्रदेश २ मा २० जना, गण्डकी प्रदेशमा ६ जना र कर्णाली प्रदेशमा १५ जना आइसियुमा उपचाररत रहेका छन् ।

आज २६० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !