५ जेष्ठ २०८१, शनिबार

कैलालीका २६ सहित सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि


सेती प्रादेशिक अस्पताल

धनगढी, असोज ५ । कैलाली जिल्लाका २६ जनासहित सुदूरपश्चिम प्रदेशका थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह १:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १३ जना महिलाहरु र १९ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३०८ जनाको कोरोना परीक्षण गर्दा बैतडीका १ जना, कैलालीका २६ जना र कंचनपुरका ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

डा. पाण्डेका अनुसार अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका १४ जनामा कोरोना पुष्टि भएको छ । यस्तै कैलालीको घोडाघोडी नगरपालिकाका ६ जना, भजनी नगरपालिकाका १ जना र गोदावरी नगरपालिकाका ३ जना र कैलारीका १ जनामा कोरोना पुष्टि भएको छ ।

साथै बैतडीको सुनार्याका १ जना, कञ्चनपुरको कृष्णपुरका १ जना, महाकाली नगरपालिकाका १ जना, पुर्नवास नगरपालिकाका २ जना र बेदकोटका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !