११ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा आज ४३१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, भदौ २७ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३७७ जना, ललितपुर जिल्लाका ३७ जना र भक्तपुर जिल्लाका १७ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०१७६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ८ लाख ३१ हजार ३६२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १५२६० सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ९१०७ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ६१५३ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६३५४ जना रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १२०१ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३१२० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ८५२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३७५२४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै उच्च ६९६ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !