१९ बैशाख २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ३३६ पुग्यो


मृत्यु

काठमाडौँ, भदौ २७ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ३ जना महिला र ११ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलामा पर्साकी १ जना, काठमाडौँकी १ जना र तनहुँकी १ जना रहेकी छन् भने मृत्यु हुने पुरुषहरुमा सुनसरीका १ जना, काठमाडौँका २ जना, भक्तपुरका २ जना, चितवनका १ जना, स्याङजाका १ जना, गोरखाका १ जना, कास्कीका १ जना र रुपन्देहीका २ जना गरी ११ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ३ जना महिलामा पर्साकी ७८ वर्षीया, काठमाडौँकी ७६ वर्षीया र तनहुँकी ७६ वर्षीया रहेका छन् । यस्तै मृत्यु हुने ११ जना पुरुषहरुमा सुनसरीका ४२ वर्षीय, काठमाडौँका ५१ वर्षीय र ५४ वर्षीय, भक्तपुरका ७२ वर्षीय र ३८ वर्षीय, चितवनका ६१ वर्षीय, स्याङजाका ८५ वर्षीय, गोरखाका ४५ वर्षीय, कास्कीका ५१ वर्षीय र रुपन्देहीका ६० वर्षीय र ४० वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ३३६ पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !