२२ बैशाख २०८१, शनिबार

चितवनमा एकैदिन थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


चितवन, भदौ २७। चितवन जिल्लामा एकैदिन थप ८७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ २६ गते ५३३ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ८७ वटा नमुनाको नतिजा पोजेटिभ र ४४६ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा शुक्रबार राती गरिएको नमुना परिक्षणमा जिल्लाका विभिन्न स्थानीय तहका ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर महानगरपालिकामा सबैभन्दा बढी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५० जना पुरुषहरु र २३ जना महिलाहरु रहेका छन् । कालिकामा ६ जना पुरुषहरु र २ जना महिला गरी ८ जना, खैरहनीमा २ जना पुरुष र २ जना महिला गरी ४ जना र रत्ननगरमा २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनमा एकैदिन थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

चितवनका ३१ जनासहित थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !