५ जेष्ठ २०८१, शनिबार

चितवनका ३१ जनासहित थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौ २६ । चितवन जिल्लामा थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३१ जनासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ २५ गते १५६ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ३५ वटा नमुनाको नतिजा पोजेटिभ र १२१ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ । १ जना कोरोना संक्रमितको पुन:परीक्षणको पोजेटिभ भएकाले यहाँ उल्लेख नगरिएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि हुने चितवनका सबै भरतपुर महानगरपालिकाका हुन् । जसमा २६ जना पुरुषहरु र ५ जना महिलाहरु रहेका छन् । १२ वर्षीय बालकदेखि ५७ वर्ष उमेरकामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरूको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

यस्तै नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१ का २८ वर्षीय पुरुष १ जना र २९ वर्षीया महिला १ जना गरी २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब दिएका थिए । साथै पर्साको ठोरी-२ की २१ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । चितवनमा शुक्रबार विहानसम्म कुल संक्रमितको संख्या ११०० नाघेको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

चितवनका थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !