५ जेष्ठ २०८१, शनिबार

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित


कोरोनामुक्त SSUCv3H4sIAAAAAAAACnRSwU7DMAy9I/EPVc6rtpLCBl/AZeKw48TBTUwbliZTkoKmaf+O0zQoB7jFz8/Pfnau93dVxTrwSrCX6hojipXWkw8OgrKG4Ga14A6NREfIJiMoVbBOgS7BDoIYDIxIoJm0jvBtTjIfIEwefWy2QAIC9qSRwF+JNNExxVVOzEmqoBR7RdBhEOBwvac5BA2xKlh+6iLrrftEETzLmdT1H8mD6o1fHy5jZ7X/S22vvECtwaCdCs30eM8LgB6NuMweC+8ONULyfkxUdvoO6MZyGzBJZYtFfFnyFQm8UDo7JZTpizIbhvkwuUzYyQQXR2DZBtPWnqHT8SofpIkZH8B7osuMF40EfQM7Fn2MDbOBRZVJOl4MG/7AOX/kT81uu23p0SyEdPBBkc48ThaiWJyULK2rOAF73ogdNG1bNyA3dQuC14Bc1JI0BW+6HbZbWvztBwAA//8DAPRTmeK6AgAA

काठमाडौँ, भदौ २६ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १४५४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१९१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ९७२ जनाले कोरोना भाइरस जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३६६७२ पुगेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६०७८ पुगेको छ भने आइसोलेसनमा १४९२५ जनाको उपचार भइराखेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३२२ जनाको मृत्यु भई सकेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म नेपालका ७ जिल्ला कोरोनामुक्त भएका छन् । उक्त जिल्लामा भएका सबै कोरोना संक्रमितहरु निको भएको र हाल सक्रिय संक्रमित छैनन् । जसमा प्रदेश १ मा १, गण्डकी प्रदेशमा ३ र कर्णाली प्रदेशमा ३ वटा जिल्ला रहेका छन् । सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला कोरोनामुक्त भएका छन्

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ७७ जिल्लामध्ये ५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । सुनसरी, सर्लाही, काठमाडौं, चितवन र रुपन्देही जिल्ला गरी ५ जिल्लामा कोरोना भाइरसका ५०० भन्दा बढी बिरामी रहेका छन् ।

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित

यो पनि पढ्नुहोस्

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !