४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट पत्रकारको मृत्यु


मृत्यु

कपिलवस्तु, भदौ २२ । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पत्रकारको मृत्यु भएको छ । कपिलवस्तुमा रहेर टेलिभिजन क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील बनारसी वर्माको सोमबार दिउँसो निधन भएको हो ।

मृत्युपछि उनको स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको र साँझ रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित ६२ वर्षीय वर्मा उपचाररत रहेको परिवारले जनाएको छ ।

उनको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो । उनी नेपाल पत्रकार महासङ्घकका पूर्वउपाध्यक्ष र मधेशी पत्रकार समाजको केन्द्रीय उपाध्यक्षको पदमा पनि रहेका थिए ।

नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, मधेशी पत्रकार समाज, प्रेस सेन्टर लगायत पत्रकार सम्बद्ध सङ्घ संस्थाले समवेदना प्रकट गरेका छन् । स्वर्गीय पत्रकार वर्माको सोमबार नै तौलिहवाको वाण गंगा नदीको रामघाटमा दाह संस्कार गरिएको छ । वर्माका पत्नी, दुई छोरी र दुई छोरा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !