१४ बैशाख २०८१, शुक्रबार

चितवनका ३३ जनासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौ २२ । चितवनमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३३ जनासहित अन्य जिल्लाका १० जना गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ २१ गते ४०५ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ४३ वटा नमुनाको नतिजा पोजेटिभ र ३६२ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

चितवनमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका २१ जना, कालिका नगरपालिकाका ९ जना, रत्ननगर नगरपालिकाका २ जना र खैरहनी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै पूर्वी नवलपरासीकाका ३ जना, रौतहट, धनुषा, अर्घाखाँची, झापा, पर्सा, कपिलवस्तु र सुनसरीका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनका ३३ जनासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !