२१ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना जित्नेको संख्या २७ हजार नाघ्यो, थप १५६६ जना घर फर्किए


कोरोना डिस्चार्ज

काठमाडौँ, भदौ २० । नेपालमा पछिल्लो २४ घण्टामा १५६६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २७१२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । नेपालमा कोरोना संक्रमित निको हुने दर ६० प्रतिशत पुगेको छ ।

काठमाडौं उपत्यकामा आज ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३२६ जना, ललितपुर जिल्लाका ३७ जना र भक्तपुर जिल्लाका ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १०४१ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५२७७ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या २५ हजार नाघ्यो, थप १३५४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !