२१ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशमा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८९ पुग्यो


कर्णाली प्रदेश

सुर्खेत, भदौ १९ । कर्णाली प्रदेशमा आज दिउसो २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २५८९ जना पुगेको छ । को स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पताल दैलेखमा
गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ६ जना, दैलेखका १ जना, कालिकोटका २ जना, बाँकेका १ जना, दाङका २ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई ३८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२३९ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ३४४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८९ पुग्यो

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५६९ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !