१४ बैशाख २०८१, शुक्रबार

कैलालीका १५ सहित सुदूरपश्चिममा थप २५ जनामा कोरोना पुष्टि


धनगढी, भदौ १७ । कैलाली जिल्लाका १५ जनासहित सुदूरपश्चिम प्रदेशका थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ४:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप २५ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १२ जना महिलाहरु र १३ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४९० जनाको कोरोना परीक्षण गर्दा कैलालीका १५ जना, कंचनपुरका १ जना र बजाङका ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमितमध्ये दुर्गाथली बझाङका ७ बर्षिया बालिकासहित ४ जना महिलाहरु र ५ जना पुरुष गरी ९ जना, घोडाघोडी कैलालीमा डेढ बर्षिया बालिका सहित २ जना महिलाहरु र ३ जना पुरुषहरु गरी ५ जना, लम्कीचुहा ४ कैलालीमा १ पुरुष, धनगढी उपमहानगरपालिका-४ कैलालीमा ६२ बर्षिय १ पुरुष, धनगढी उपमहानगरपालिका वडा न. ५ कैलालीमा ३ बर्षिया बालिका सहित ६ जना महिलाहरु र २ पुरुष गरी ८ जना र भिमदत्त नगरपालिका-८ कञ्चनपुरामा १ पुरुष गरी २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

कैलालीका १५ सहित सुदूरपश्चिममा थप २५ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु