१४ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१४४ पुग्यो


पोखरा, भदौ १५। गण्डकी प्रदेशमा आज बिहान थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २१४४ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ९:१५ बजे प्रेस बिज्ञप्ति जारी गर्दै ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ७ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमित हुनेमा कास्कीको पोखरा नगरपालिका-६, ८ र १५ क ३ जना, लमजुङको बेसीशहरका १ जना, तनहुँको भानु नगरपालिका-५ का १ जना र गोरखाको गोरखा नगरपालिका-१३ का २ जना जना रहेका छन् ।

लमजुङको बेसीशहर-१० को ७१ बर्षीय महिला कास्की जिल्ला, पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत रहेकी छिन् भने उनको नमुना संकलन पोखराबाट भएको हो । अन्य कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । गोरखाका दुबै जना संक्रमित महिलाहरुलाई आईसोलेसन केन्द्रमा राखि सकिएको छ भने अन्य सबै संक्रमित सबै कोरोना संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या २१४४ पुग्यो, थप ७ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !