२० जेष्ठ २०८१, आइतबार

बाँकेका १४ जनासहित १५ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, भदौ १२ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो २:४५ बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ५०० पिसिआर परीक्षण गर्दा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका १४ जना र रुपन्देहीका १ जना रहेका थिए । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा ६ जना पुरुषहरु र ९ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १४७८ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ३३५७४ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ३३३३१ वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !