२० जेष्ठ २०८१, आइतबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, भदौ ११ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ३:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ४०० पिसिआर परीक्षण गर्दा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका २६ जना, बर्दियाका २ जना, गोरखा, नवलपरासी, कपिलवस्तु, रुकुम, मकवानपुर, तनहुँ र स्रोत नखुला अर्का १/१ जनामा रहेका थिए । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा २३ जना पुरुषहरु र १२ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १४६३ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ३३१११ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ३२८३१ वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !