, आज थपिए कोरोनाका नयाँ ११११ संक्रमित, नेपालमा संक्रमितको संख्या ३५ हजार नाघ्यो

नेपालमा संक्रमितको संख्या ३५ हजार नाघ्यो, आज एकैदिन थपिए कोरोनाका नयाँ ११११ संक्रमित

आज थपिए कोरोनाका नयाँ ११११ संक्रमित, नेपालमा संक्रमितको संख्या ३५ हजार नाघ्यो

काठमाडौँ, भदौ ११ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ११११ जनामा पुष्टि भएको छ । जसमा ३३४ जना महिलाहरु र ७७७ जना पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२६२९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ६ लाख ४७ हजार ८८१ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १५२७३ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९०६३ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ६२१० जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ९४८८ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै उच्च ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका २७० जना, ललितपुर जिल्लाका ६६ जना र भक्तपुर जिल्लाका ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५६९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २००७३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ३४ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ८८५ संक्रमित