१४ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो


मृत्यु

काठमाडौँ, भदौ ११ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा पर्सामा २ जना र रुपन्देही र ललितपुरमा २/२ जना, बाँके र कास्कीमा १/१ जनाको मृत्यु भएको हो । आज कोरोना संक्रमण मृत्यु हुनेहरुमा ५ जना महिलाहरु र ३ जना पुरुषहरु रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट मृत्यु हुने महिलाहरुमा ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया रहेका छन् । साथै कोरोना संक्रमणवाट मृत्यु हुने पुरुषहरुमा काठमाडौँका ४८ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५० वर्षीय रहेका छन् ।

ललितपुरको किष्ट अस्पतालमा काठमाडौंको तारकेश्वर नगरपालिका-११ बस्ने अर्घाखाँचीको रेसुंगा नगरपालिकाका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी बिहिबार बिहान ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ।

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा बाराको हर्दिया-४ की २३ वर्षीया महिला, पर्साको वीरगञ्ज महानगरपालिका-१४ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ की ७० वर्षीया वृद्धा महिला र कपिलवस्तु नगरपालिका-१ का ५० वर्षका पुरुषको मृत्यु भएको छ ।

यस्तै पोखरा महानगरपालिका-११ की ३२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । त्यस्तै शिक्षण अस्पताल कोहलपुरमा बिहीबार बिहान नेपालगञ्ज उपमहानगरपालिका-७ की ७० वर्षीया महिलाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !