१४ बैशाख २०८१, शुक्रबार

बाँकेका १० सहित ११ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, भदौ ६ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ३ बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ३५० पिसिआर परीक्षण गर्दा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका १० जना र बर्दियाका १ जना रहेका थिए । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा ६ जना पुरुषहरु र ५ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १३७८ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ३१२३९ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ३११०० वटा रहेको छ ।

बाँकेमा १० र बर्दियामा १ गरी ११ जनामा देखियो कोरोना संक्रमण

यो पनि पढ्नुहोस्

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु