१४ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८४४


कोरोना भाइरस C

पोखरा, भदौ ५। गण्डकी प्रदेशमा आज दिउसो थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८४४ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १२:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बेलुका अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा नवलपरासी सुस्ता पूर्व बिनयत्रिवेणी-६ र ७ का १८ जना, बाग्लुङको बाग्लुङ बजारका १ जना, हाल मनाङमा कार्यरत मोरङको बिराटनगरका १ जना, चितवनको भरतपुर महानगरपालिका १ जना रहेका छन् । आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८४४

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८२३


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !