२० बैशाख २०८१, बिहिबार

विराटनगरमा तीन बैंकका कर्मचारीमा देखियो कोरोना संक्रमण


नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक

विराटनगर, ४ भदौं । विराटनगरमा समुदाय स्तरमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण तीनवटा बैंकका कर्मचारीमा देखिएको छ । हिजो बुधबार नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकका १ जना कर्मचारीलाई संक्रमण देखिएसँगै कोरोना संक्रमण देखिएको बैंकको संख्या तीन पुगेको हो ।

यसअघि मेघा बैंक र सिभिल बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । विराटनगर महानगरपालिकाका अनुसार बुधबार संक्रमण पुष्टि भएका एनसीसी बैंकको प्रदेश शाखामा कार्यरत कर्मचारी हुन् ।

यसअघि मेघा बैंकका १ जना, सिभिल बैंकका २ जनामा संक्रमण देखिएको थियो । सिभिलमा संक्रमण पुष्टि भएका दुईमध्ये एकजना प्रदेश कार्यालय र अर्का विराटनगर शाखा प्रमुख हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !