, गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८१२

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८१२

गण्डकी प्रदेशमा थप २४ जनामा देखियो कोरोना, संक्रमितको संख्या १८१२

पोखरा, भदौ ३ । गण्डकी प्रदेशमा आज बेलुका थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८१२ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बेलुका ७:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बेलुका अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका-७ का १६ जना र बाग्लुङका ८ जना रहेका छन् । आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८१२