, काठमाडौं उपत्यकामा आज देखियो १५९ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज १५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज देखियो १५९ जनामा कोरोना संक्रमण

काठमाडौँ, भदौ ३। काठमाडौं उपत्यकामा आज १५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १३४ जना, ललितपुर जिल्लाका १७ जना र भक्तपुर जिल्लाका ८ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै बढी २०५ जनामा कोरोना संक्रमण पुष्टि