, कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८१ पुग्यो

कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८१ पुग्यो

कर्णाली प्रदेशमा थप १४ जनामा देखियो कोरोना, संक्रमितको संख्या २०८१ पुग्यो

सुर्खेत, भदौ १ । कर्णाली प्रदेशमा आज दिउसो १४जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०८१ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृतले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल,  पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल दैलेख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणबाट आज बुधवार थप १४ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेमा सुर्खेतका ७ जना, धनुषाका १ जना, भारतको तनुहवाका १ जना, सल्यानका १ जना, जुम्लाका ३ जना र दैलेखका १ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई १४ जना डिस्चार्ज भएसँगैको हालसम्म डिस्चार्ज हुनेको संख्या  १९२८ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८१ पुग्यो