२० बैशाख २०८१, बिहिबार

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौ १ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा साउन ३२ गते प्राप्त भएका ५६८ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ११ वटा नमुनाको नतिजा पोजेटिभ र ५५७ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका १ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. अधिकारीले जानकारी दिइन् ।

चितवनमा सबैभन्दा धेरै भरतपुरमा संक्रमित भेटिएका छन् । भरतपुरमा ४ जना महिलाहरु र ३ जना पुरुषहरु गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये केही क्वारेन्टिनका हुन् भने केही पुरानो मेडिकल कलेजमा उपचाररत बिरामी हुन् । उनीहरु १५ वर्षदेखि ४१ वर्षसम्म उमेर समूहका छन् ।

साथै क्वारेन्टिनमा रहेका पूर्वी चितवन राप्ती नगरपालिका-२ र ९ का २ जना बालिकासहित ३ जना र अर्की ८६ वर्षकी बृद्धा महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर-१० स्थित आशा अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा-९ का ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !