४ जेष्ठ २०८१, शुक्रबार

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा कोरोना पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, साउन ३२ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा साउन ३१ गते प्राप्त भएका नमुनामघ्ये ४७४ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा २८ वटा नमुनाको नतिजा पोजेटिभ र ४४६ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका १ जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् ।

भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट गरिएको स्वाब संकलनबाट भरतपुर महानगरपालिका वडा नं.३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुषहरु र ११ जना महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषहरु २६ वर्षदेखि ५३ वर्षसम्म उमेर समूहका रहेका छन् । यस्तै महिलाहरु २२ वर्षदेखि ३९ वर्षसम्म उमेर समूहका छन् ।

यस्तै रत्ननगरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका-५ र १२ का ३ जना पुरुषहरु र १ जना महिला रहेका छन् । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षीया हुन् ।

साथै खैरहनी नगरपालिका-८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना क्वारेन्टिनमा थिए । यस्तै भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !