, काठमाडौं उपत्यकामा आज देखियो ९८ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज देखियो ९८ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन ३१ । काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै बढी ९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ८० जना, ललितपुर जिल्लाका ९ जना र भक्तपुर जिल्लाका ९ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज ११९ जनामा कोरोना संक्रमण पुष्टि