१३ जेष्ठ २०८१, आइतबार

बाँकेमा डाक्टर, सेना र बैंकका कर्मचारी सहित २६ जनामा देखियो कोरोना


कोरोना भाइरस

नेपालगञ्ज, साउन २७ । बाँके जिल्लामा डाक्टर, सेना र बैंकका कर्मचारी सहित २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा बाँकेमा २६ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँके जिल्लाको ग्लोबल आइएमई बैंकमा कार्यरत १३ जना कर्मचारीहरु, कोहलपुर मेडिकल कलेजका १ जना चिकित्सकसहित ७ जना लगायत अन्य केही नेपाली सेनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय बांकेका अनुसार नेपालगञ्ज उपमहानगरका विभिन्न वडाका १६ जना, कोहलपुरका ५ जना, जानकी गाउँपालिकाका १ जना, राप्ती सोनारी गाउँपालिकाका १ जना तथा बाँके जिल्लाकै ठेगाना नखुलेका ३ जना छन् ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ४८० नमुनाको पिसिआर परीक्षण गर्दा आज दिउसो ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका २६ जना, नेपाली सेनाको फि.ए. दाङबाट संकलित स्थायी ठेगाना विभिन्न जिल्ला भएका २९ जना, दाङका अन्य ३ जना र अछामका १ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !