६ जेष्ठ २०८१, आइतबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज ५९ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, साउन २७ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४८० नमुनाको पिसिआर परीक्षण गर्दा आज दिउसो ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालले आज मध्यान्ह १२:०० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका २६ जना, नेपाली सेनाको फि.ए. दाङबाट संकलित स्थायी ठेगाना विभिन्न जिल्ला भएका २९ जना, दाङका अन्य ३ जना र अछामका १ जना रहेका छन् ।

आज दिउसो कोरोना संक्रमित हुनेहरुमा ५१ जना पुरुषहरु र ८ जना महिला रहेका छन् । भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या ११६४ जना पुगेको छ ।

स्वास्थ्य कार्यालय बाँके स्रोतका अनुसार नेपालगन्ज उपमहानगरका विभिन्न वडाका १६ जना, कोहलपुरका ५ जना, जानकी गाउँपालिकाका १ जना, राप्ती सोनारी गाउँपालिकाका १ जना तथा बाँके जिल्लाकै ठेगाना नखुलेका ३ जना छन् । यस्तै नेपाली सेनाको फिल्ड एम्बुलेन्स दाङबाट संकलित स्वाबको भेरी अस्पताल नेपालगन्जकै प्रयोगशालामा परीक्षण गर्दा अन्य ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४८० जनाको परीक्षण हुँदा बाँकेका २६ जना र अन्य विभिन्न जिल्लाका ३३ जनासहित ५९ जनामा कोरोना संक्रमण देखिएको हो । ३३ जनामध्ये अधिकांश बाँकेमा कार्यरत सरकारी कर्मचारी रहेको र उनीहरु विभिन्न जिल्लाका रहेका र सबैको ठेगाना सहित विस्तृत विवरण संकलनको काम सुरु भएको स्वास्थ्य कार्यालय बाँके स्रोतले बताएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज ५९ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज २० जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !