df:s v} <
s~rgk'/, @^ c;f/ M
s~rgk'/sf] eLdbQgu/df z'qmaf/ laxfg ;j{;fwf/0fnfO{ sf]/f]gf efO/; hf]lvd Go"gLs/0fsf nflu df:s nufpg cfu|x ub}{ 6«flkms k|x/L . ;/sf/n] df:s clgjfo{ ?kdf k|of]u ug{ b]ze/ ;s'{n/ hf/L u/]sf] 5 . t:jL/ M z]/axfb'/ l;+x÷ /f;; काठमाडौँ, २६ साउन । सरकारले मास्क प्रयोग नगर्ने तीन लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवनासमेत गरेको हो ।
अनुमति विना काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने सात हजार ६०० सवारी साधन र करीब १९ हजार ४०० यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको गृह मन्त्रालयका प्रवक्ता, सहसचिव चक्रबहादुर बुढाले जानकारी दिनुभयो । यस्तै तोकिएको निर्देशन विपरीत हालसम्म सवारी चलाउने करीब एक लाख ३७ हजार दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनलाई होल्ड गर्नाका साथै जोरबिजोर प्रणाली नमान्ने पाँच हजार ३०० सवारी साधनलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोभिड–१९ को बढ्दो सङ्क्रमण नियन्त्रणका लागि जारी निर्देशनको कडाइपूर्वक कारबाही गर्ने कार्य निरन्तर जारी रहेको जनाएको छ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रहसमेत गरेको छ ।
गृह मन्त्रालयले यातायातमा जोरबिजोर प्रणालीको पालना गर्ने, अनिवार्यरुपमा माक्सको प्रयोग गर्नेलगायत निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन सबैलाई निर्देशनसमेत दिएको छ ।












