४ जेष्ठ २०८१, शुक्रबार

कैलाली जिल्लामा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

धनगढी, साउन २१ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा आज थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलाली जिल्लामा थप २१ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार कैलालीमा कोरोना संक्रमित हुनेहरुमा १२ जना पुरुषहरु र ९ जना महिलाहरु गरी जम्मा २१ जना रहेका छन् । उनका अनुसार आज कोरोना पुष्टि हुनेहरुमा कैलालीको भजनीका २ जना पुरुषहरु, गोदावरी नगरपालिकाका १ जना पुरुष, लम्कीचुवा ९ जना महिलाहरु र ८ जना पुरुषहरु गरी १७ जना र टीकापुर नगरपालिकाका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ३२ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !