२० बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा आज फेरि ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५३५


कोरोना भाइरस (कोभिड-१९)

१९ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज फेरि दिउसो ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५३५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो ४:५० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा कास्कीका १ जना, स्याङजाका ३ जना, लम्जुङका १ जना र पर्वतका १ जना गरी ६ जनामा कोरोना संक्रमण देखिएको छ । आज कोरोना पुष्टि हुने सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

आज दिउसो मात्र गण्डकी प्रदेशमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५२९ जना पुगेको थियो । यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १३४८ पुगेको छ जुन ८७.८१ % रहेको छ ।

गण्डकी प्रदेशमा आज फेरि ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५३५


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !