२० बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा आज ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५२९


कोरोना भाइरस

१९ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज दिउसो ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५२९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १२:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा कास्कीका ४ जना र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा स्याङजाका १ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको छ । आज कोरोना पुष्टि हुने सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १३३० पुगेको छ । साथै गण्डकी प्रदेश सरकारले विदेशबाट आउने,कन्ट्याक ट्रेसिङ्ग बाहेक पनि तपशिल बमोजिमका लक्षित समुहहरुमध्ये १२२८ जनाको आबश्यकता अनुसार Random Sampling का आधारमा कोरोना परीक्षण गरिरहेको जानकारी दिएको छ ।

जस अनुसार १. स्वास्थ्य संस्था २. पत्रकार ३. तरकारी बजार ४. जनप्रतिनिधिहरु ५. हजाम ६. मासु पसल ७. टेलर्स ८. सरकारी कार्यालय ९. सुरक्षाकर्मी १०. अदालत ११. लोडर १२. सफाई कर्मचारी १३. क्वारेन्टाइन र आईसोलेसनका कर्मचारीहरु १४. ब्यापारी १५. बैंक १६. मोटरसाइकल वर्कशपका व्यक्तिहरु रहेका छन् । साथै अन्य समुहहरुको पनि परिक्षण हुने क्रम जारी रहेको जानकारी पनि गराएको छ ।

गण्डकी प्रदेशमा आज ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५२९

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !