२० बैशाख २०८१, बिहिबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, साउन १९ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १९५ नमुनाको पिसिआर परीक्षण गर्दा ९ जनामा कोरोना देखिएको हो ।

अस्पतालले आज बिहान ८:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा रुकुम पूर्वका ७ जना र बाँकेका २ जना रहेका छन् । जसमध्ये १ जना जनप्रतिनिधि समेत रहेका छन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !