२० बैशाख २०८१, बिहिबार

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा देखियो कोरोना संक्रमण


प्रहरी प्रधान कार्यालय

काठमाडौँ, साउन १६ । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।

सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा हिजो बिहीबार साँझ १० जना र शुक्रबार बिहान थप १८ जना प्रहरीमा कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिएका छन् ।

प्रहरी प्रवक्ता कडायतका अनुसार अहिलेसम्म देशभर २५० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहानसम्म संक्रमण पुष्टि भएकामध्ये १०१ जना निको भइसकेको उनले बताए । हिजो र आज कोरोना संक्रमितलाई थप उपचारका लागि बलम्बुस्थित एपीएफ अस्पताल पठाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ प्रहरीमा देखियो कोरोना संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !