२१ बैशाख २०८१, शुक्रबार

काठमाडौं प्रवेश गर्ने ३ नाकामा कोरोना परीक्षण : २४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं प्रवेश गर्ने ३ नाकामा कोरोना परीक्षण : २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १५ । काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख ३ वटा नाकामा संकलन भएको स्वाबको पीसीआर नमुना परीक्षण गर्दा २४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४७३ जनाको नमुना परीक्षण गर्दा २४ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बिहीबार नागढुंगा नाकाबाट काठमाडौं प्रवेश गर्ने २३०२ जनाको पीसीआर परीक्षण गर्दा ३ जनाको रिपोर्ट पोजिटिभ आएको हो । त्यसैगरी फर्किङ नाकाबाट काठमाडौं प्रवेश गर्ने ४४१ जनाको नमुना परीक्षणमा १० जनाको रिपोर्ट पोजिटिभ आएको हो । साथै भक्तपुरको साँगाबाट उपत्यका प्रवेश गर्दैै गरेका ४०३ जनाको नमुना परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

लकडाउन खुलेसँगै काठमाडौं प्रवेश गर्नेको भीड बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ नाकाबाट काठमाडौं प्रवेश गर्ने ८४०१ जनाको नमुना संकलन गरेको थियो । जसमध्ये बिहीबार मात्र ३४७३ जनाको नमुना परीक्षण गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !