२१ बैशाख २०८१, शुक्रबार

वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि


विजय कुमार सरावगी

वीरगञ्ज, साउन १५ । वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मेयर सरावगीले फेसबुक पेजमार्फत आफूलाई संक्रमण देखिएको सार्वजनिक गरेका हुन् ।

महानगरबासीको सेवामा अनवरत रुपमा लागेका मेयर सरावगीमा कोरोनाको संक्रमण देखिएको हो । उनी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए ।

काठमाडौंमा स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका उनको काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ । कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !