२० बैशाख २०८१, बिहिबार

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ प्रहरीमा देखियो कोरोना संक्रमण


प्रहरी प्रधान कार्यालय

काठमाडौं, साउन १५ । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थप ९ जना संक्रमित थपिएको पुष्टि गरे । उनले थपिएका संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।

शुरुमा ४ जनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप ९ जनामा संक्रमण देखिएको हो । अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने छन् ।

अधिकांश संक्रमित सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् । प्रहरी प्रधान कार्यालयको सवारी (एमटी) शाखामा कार्यरत १ जना प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !