२६ बैशाख २०८१, बुधबार

पर्सामा सेना, प्रहरी र कैदीबन्दी सहित थप ३४ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस Print

पर्सा, असार १४ । पर्सा जिल्लाको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परिक्षणमा २ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा ५ जना बालबालिका, १० जना महिला र १९ जना पुरुषहरु रहेका छन् । कोरोना संक्रमितमा सेना १ जना, प्रहरी ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्ति पनि छन् ।

कोरोना संक्रमितमध्ये २० जना श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सिया वीरगञ्जका बासिन्दा रहेका छन् । वीरगञ्जमा समुदाय स्तरमा संक्रमण फैलिएको आशंका गरिएको छ ।

५० सैय्या क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितलाई राखिएको छ । पछिल्लोपटक संक्रमण देखिएका अधिकांशलाई होम आइसोलेसनमा राखिएको छ । वीरगञ्जमा स्वाब संकलन गरिएका १५०० को कोरोना परीक्षणको रिपोर्ट भने आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !