२२ बैशाख २०८१, शनिबार

गिलोय र कोरोना भाइरस


गिलोय र कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकाल धेरै कम्पनीले गिलोय (Giloya) बनाएर बजारमा ल्याएको छ । हामीले यस्ता औषधि चलाउदा मानव शरीरमा कुनै प्रतिक्रिया त देखाउदैन भनेर जान्न आवश्यक छ । नेपालमा कोरोना भाइरस दिन प्रतिदिन फैलिएको अवस्था छ ।

कोरोना भाइरसको यो औषधि होइन तर यसको प्रयोगले इम्युनो सिस्टम बलियो भएमा रोग लाग्ने सम्भावना कम हुन्छ भनेको छ । गिलोय खास गरी ज्वरो कम गराउन र सुगर लेवल कम गराउन बढी प्रयोग हुने औषधि हो । यसको नियमित प्रयोगले शरीरको बोसो कम हुन सक्छ ।

आयुर्वेदमा गिलोयको सेवन थुप्रै रोगमा गर्न सकिन्छ । यस्को प्रयोगबाट भाइरस, मलेरिया, डेंगुमा समेत राम्रो फाइदा गर्दछ । गिलोय सेवन गराउदा कसरी गर्ने भन्ने जानकारी हरेकले पाउन सके राम्रो हुनेछ ।

आयुर्वेदमा गिलोय हर्बल औषधि हुनाले यस्का फाइदा जान्न आवश्यक छ । गिलोयलाई आयुर्वेदमा अमृतबुटीको नामले चिनिन्छ । आजकाल हरेक औषधालयमा यो क्यापसुल र झोलको रूपमा उपलब्ध छ । खाने तरिका औषधिको बट्टामा लेखेको हुन्छ ।

आज हामीले गिलोयको अर्को महत्वपूर्ण जानकारी पस्कन गइरहेका छौं । आयुर्वेदिक औषधि सेवन गराउदा कस्तो उमेर समुहकालाई गिलोय दिनु हुदैन दिएमा प्रतिक्रिया देखाउन सक्छ भन्नेबारे जान्न आवश्यक छ ।

गिलोय सेवन गराउदा उमेरको विषेश ध्यान दिन आवश्यक छ । ५ बर्ष भन्दा कम उमेरको बच्चालाई गिलोय नदिनु भनेको छ । गिलोय,वेसार,असुरो र अशोगन्धाको सेवन गराउनाले नोवेल कोरोना भाइरस निको हुने कुरा धेरै वैद्यको दावा छ । यस विषयमा थुप्रै लेख मैले लेखी सकेको छु ।

गिलोय सेवन गर्दा खासै नोक्सान गर्दैन तर धेरै दिनसम्म खानुपर्दा सुगर र ब्लड प्रेसर नियमित चेक गराउनु पर्नेछ । गर्भवस्थामा पनि गिलोय नचलाउनु भनेको छ । पाचनक्रिया कमजोर हुनेहरूलाई पनि गिलोयले नोक्सान गर्न सक्छ । डेंगू रोगमा ब्लड प्लेटलेट्स बढ़ाउन पनि गिलोयको सेवन उपयुक्त छ ।

सेवन गर्ने तरिका यसको पात डाठको रस १,२ चमच दिनमा २ पटकसम्म दिन सकिन्छ । यसको बनि बनाएको रस २ चमच दिनमा २ पटक र क्याप्सुल दिनमा २ पटक सेवन गराउन सकिनेछ ।

नोट : आयुर्वेदिक औषधि हरेक घरमा वैद्यको परामर्शमा लिन सकिन्छ । यो औषधि थुप्रै आयुर्वेद कम्पनीले बनाएर बजारमा ल्याएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !