१० जेष्ठ २०८१, बिहिबार

दैनिक १८ हजारको कोरोना परीक्षण गर्न सक्छौं : स्वास्थ्य मन्त्रालय


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ, साउन ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक १८ हजार जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्न सकिने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार देशभरी रहेका सरकारी र निजी प्रयोगशालाबाट तथ्यांक लिँदा दैनिक १८ हजारको परीक्षण गर्न सकिने बताएका हुन् । प्रयोगशालाहरूको पिसिआर क्षमता सम्बन्धी रेकर्ड लिँदा दैनिक १८ हजारको परीक्षण गर्न सकिने देखिएको उनले बताए । निकट भविष्यमा नेपालमा दैनिक १८ हजार १६० जनाको परीक्षण गर्ने सकिने पनि जानकारी दिए ।

उनका अनुसार अहिले सरकारी प्रयोगशालाको प्रतिदिन क्षमता ६३६० र निजीको ३००० रहेको छ । साथै ११ वटा आरएनए छुट्याउने मेसिन जडान गरेर थप ८८०० जनाको परीक्षण गर्न सकिनेछ । केही समयअघि मात्र मन्त्रालयले ७ वटा आरएनए छुट्याउने मेसिन खरिद गरेको छ । स्वास्थ्य सेवा विभागले गुणस्तर जाँच गरेर प्रत्येक प्रदेशमा मेसिन पठाइने जनाएको छ ।

यसअघि पनि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको परीक्षण गर्न जनाएका थिए । यद्यपी अहिलेसम्म दैनिक साे संख्यामा परीक्षण हुन नसकेकोले अभियन्ताहरुले समेत अनशन बस्नुपरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु