१८ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज ३ जना संक्रमित, ४९ जना निको भई घर फर्किए


कोरोना C

११ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज दिउसो ३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३७५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बेलुकी ५:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा आज ४९ जना कोभिड-१९ संक्रमित व्यक्तिहरु कोरोनालाई जितेर निको भइ घर फर्किएका छन् । योसंगै गण्डकी प्रदेशमा कोभिड-१९ संक्रमितहरुको निको हुने संख्या ११९४ पुगेको छ ।

 

गण्डकी प्रदेशमा आज ३ जना संक्रमित, ४९ जना निको भई घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !