२६ बैशाख २०८१, बुधबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, साउन ८ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २२९ नमुनाको पिसिआर परीक्षण गर्दा ४ जनामा कोरोना देखिएको हो ।

अस्पतालले आज एक विज्ञप्ति सार्वजनिक गर्दै थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमध्ये दाङका ३ जना र बर्दियाका १ जना रहेका छन् । उनीहरु ४ जना पुरुषहरु रहेका छन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !