१८ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३२९


कोरोना भाइरस

६ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३२९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:२० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा म्याग्दीका ३ जना, बाग्लुङका ३ जना र स्याङजाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेहरु सबै व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुने व्यक्तिहरुको संख्या १०२० पुगेको छ ।

गण्डकी प्रदेशमा आज ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३२९


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !